एकीकृत समाजवादीले बढायो केन्द्रीय कमिटीको आकार, वरिष्ठ उपाध्यक्ष पद थप्ने

एकीकृत समाजवादीले बढायो केन्द्रीय कमिटीको आकार, वरिष्ठ उपाध्यक्ष पद थप्ने

Nepal Edit

@Nepaledit.com

२०८१ असार १४ गते बिहिबार ०५:५३

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।   बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी...

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।

 

बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय गरेको हाे । यसअघि केन्द्रीय कमिटीको संख्या १९९ थियो ।

 

बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले पदाधिकारी संख्या २१ पुर्‍याउने निर्णय भएको जानकारी दिए । साथै, सम्मानित नेताको पद कायम राख्दै वरिष्ठ उपाध्यक्ष पद स्थापना गरिने निर्णय भएको खतिवडाले बताए ।

 

केन्द्रीय उपाध्यक्षमा एक महिला अनिवार्य र यसअघि मनोनयन हुँदै आएको केन्द्रीय प्रतिनिधि बन्द गरिने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८१ असार १४ गते बिहिबार ०५:५३
हजुरको प्रतिक्रिया