लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

Nepal Edit

@Nepaledit.com

२०८१ असार ७ गते बिहिबार १२:५३

काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ ।   गत जेठ २८ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘मनसुन आज कोशी प्रदेशको...

काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ ।

 

गत जेठ २८ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘मनसुन आज कोशी प्रदेशको बाँकी भेग, मधेश, बागमती, गण्डकीका अधिकांश भेग र लुम्बिनीका पूर्वी भेगमा आगमन भएको छ’, महाशाखाले जारी गरेको मनसुनसम्बन्धी बुलेटिन भनिएको छ ।

 

आज लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने महाशाखाले जनाएको छ ।

 

यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख)भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

प्रकाशित मिति २०८१ असार ७ गते बिहिबार १२:५३
हजुरको प्रतिक्रिया
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
२०८२ मङ्सिर ३० गते सोमबार ११:०५

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५५

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५०