काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य पनि बढेकाे छ । आज तेजाबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति २०८१ असार ७ गते बिहिबार १२:३५