राजदरबार हत्याकाण्डको २३ वर्ष पूरा, तथ्य रहस्यको गर्भमै

राजदरबार हत्याकाण्डको २३ वर्ष पूरा, तथ्य रहस्यको गर्भमै

Nepal Edit

@Nepaledit.com

२०८१ जेठ १९ गते शनिवार ११:१०

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।   पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य,...

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

 

पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम शाहको गोली प्रहार गरी हत्या भएको थियो ।

 

तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताइएको थियो ।

 

सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले धेरै मानिसले पत्याएका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

 

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् ।

 

२०६२६३ को जनआन्दोलनमार्फत पुनस्स्थापित संसदले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।

प्रकाशित मिति २०८१ जेठ १९ गते शनिवार ११:१०
हजुरको प्रतिक्रिया