पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Nepal Edit

@Nepaledit.com

२०८१ जेठ १८ गते शुक्रबार ०९:२९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।   आयल निगमले शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

 

आयल निगमले शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

 

घटेको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति २०८१ जेठ १८ गते शुक्रबार ०९:२९
हजुरको प्रतिक्रिया