बुढानीलकण्ठ नगरपालिकाका मेयरलाई एकमहिना कैद गर्न आदेश

बुढानीलकण्ठ नगरपालिकाका मेयरलाई एकमहिना कैद गर्न आदेश

Nepal Edit

@Nepaledit.com

२०८१ जेठ १३ गते आईतबार ०७:०७

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई काठमाडौं जिल्ला अदालतले एक महिना कैदकाे सजाय सुनाएको छ ।   न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो...

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई काठमाडौं जिल्ला अदालतले एक महिना कैदकाे सजाय सुनाएको छ ।

 

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै यस्तो फैसला सुनाएको हो ।

 

अदालतले वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई समेत एक महिना कैदकाे सजाय सुनाएको हो ।

 

उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति २०८१ जेठ १३ गते आईतबार ०७:०७
हजुरको प्रतिक्रिया
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
२०८२ मङ्सिर ३० गते सोमबार ११:०५

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५५

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५०