रविको आरोप : जीबी राईलाई यसअघिको सरकारले भगायाे

रविको आरोप : जीबी राईलाई यसअघिको सरकारले भगायाे

Nepal Edit

@Nepaledit.com

२०८१ बैशाख २९ गते शनिवार १०:३०

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।   चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।

 

चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिए ।

 

जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले भने, ‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’

 

गृहमन्त्री लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताए ।

 

‘त्यसो भए कसले भगायो ?’ सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भाग्दाखेरी सरकारमा को थियो ?’

प्रकाशित मिति २०८१ बैशाख २९ गते शनिवार १०:३०
हजुरको प्रतिक्रिया