काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेकोछ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेकोछ ।
आज राति देशभर आंशिक बदली देखि मौसम सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा छिटपुट देखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोछ ।
प्रकाशित मिति २०८१ बैशाख १४ गते शुक्रबार ०९:२८