सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८१ बैशाख ११ गते मङ्गलबार १२:४५

काठमाडौं ।  नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।   त्यसैगरी ...

काठमाडौं ।  नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

 

त्यसैगरी  तेजाबी सुनको भाउ २७ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, आज चाँदीको भाउ पनि ४५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८१ बैशाख ११ गते मङ्गलबार १२:४५
हजुरको प्रतिक्रिया