अबदेखि जनतालाई घरबाटै सेवा दिन्छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

अबदेखि जनतालाई घरबाटै सेवा दिन्छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

Nepal Edit

@Nepaledit.com

२०८० चैत २२ गते बिहिबार १२:२३

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहजरूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् ।   विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहजरूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् ।

 

विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरलरूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको बताए ।

 

उनले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ ।’

 

मन्त्री श्रेष्ठले  सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिनसक्ने बताए ।

 

उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।

 

प्रकाशित मिति २०८० चैत २२ गते बिहिबार १२:२३
हजुरको प्रतिक्रिया