काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँ बढेकाे छ ।
आज छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन तोलामा...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँ बढेकाे छ ।
आज छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन तोलामा एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेर एक हजार ६१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।