यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

Nepal Edit

@Nepaledit.com

२०८० चैत २० गते मङ्गलबार ०९:०८

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।   आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

 

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

 

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

 

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत २० गते मङ्गलबार ०९:०८
हजुरको प्रतिक्रिया