सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० चैत १६ गते शुक्रबार ११:४७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ ।   आज छापावाला सुन प्रतितोला २ हजार एक सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ ।

 

आज छापावाला सुन प्रतितोला २ हजार एक सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले बढेर १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०८० चैत १६ गते शुक्रबार ११:४७
हजुरको प्रतिक्रिया