कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास

कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास

Nepal Edit

@Nepaledit.com

२०८० फाल्गुण २१ गते सोमबार ०६:२९

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्न बाँकी रहेको र आफूले राजीनामा पनि नदिएको अवस्थामै गुरुङले सरकारी...

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्न बाँकी रहेको र आफूले राजीनामा पनि नदिएको अवस्थामै गुरुङले सरकारी निवास छाडेका हुन् ।

 

सोमबार दिउसो ४ बजे सरकारी निवास छाडेर निजी निवासमा फर्किएको उनले जानकारी दिए ।

 

‘आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु । मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु’, उनले भने ।

प्रकाशित मिति २०८० फाल्गुण २१ गते सोमबार ०६:२९
हजुरको प्रतिक्रिया