काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनिया राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर भेटवार्ता गरेको हो । भेटमा उनीहरुबीच...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनिया राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर भेटवार्ता गरेको हो । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको खनालको सचिवालयले जनाएको हो ।
भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी भएका थिए ।