आज यी प्रदेशमा वर्षा र हिमपात

आज यी प्रदेशमा वर्षा र हिमपात

Nepal Edit

@Nepaledit.com

२०८० माघ २२ गते सोमबार ०९:५८

काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा पनि आंशिक बदली छ ।   दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली...

काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा पनि आंशिक बदली छ ।

 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

 

राति पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति २०८० माघ २२ गते सोमबार ०९:५८
हजुरको प्रतिक्रिया