यी तीन प्रदेशमा वर्षाको सम्भावना

यी तीन प्रदेशमा वर्षाको सम्भावना

Nepal Edit

@Nepaledit.com

२०८० माघ १२ गते शुक्रबार १०:५४

काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।   दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया...

काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

 

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार १०:५४
हजुरको प्रतिक्रिया