प्रधानमन्त्रीले भने- नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन

प्रधानमन्त्रीले भने- नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन

Nepal Edit

@Nepaledit.com

२०८० माघ ७ गते आईतबार १०:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् ।   युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् ।

 

युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा रुसी सेनामा भर्ती भएकालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको बताए ।

 

आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्रीले भने, ‘रुस-युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’

 

आफूले युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी प्रधानमन्त्रीले गराए । उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान पनि गरे ।

प्रकाशित मिति २०८० माघ ७ गते आईतबार १०:२५
हजुरको प्रतिक्रिया