राष्ट्रियसभा निर्वाचन : आज दाबी विरोध र उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन : आज दाबी विरोध र उजुरी दिन सकिने

Nepal Edit

@Nepaledit.com

२०८० पुस २४ गते मङ्गलबार ०९:५४

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार मंगलबार दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।   निर्वाचन आयोगको कार्यतालिका...

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार मंगलबार दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

 

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

 

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

 

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।

प्रकाशित मिति २०८० पुस २४ गते मङ्गलबार ०९:५४
हजुरको प्रतिक्रिया