कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात सम्भावना, तराईमा हुस्सु

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात सम्भावना, तराईमा हुस्सु

Nepal Edit

@Nepaledit.com

२०८० पुस २४ गते मङ्गलबार ०९:३५

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागमा हुस्सु लागेको अवस्था छ ।   आज दिउँसो गण्डकी,...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागमा हुस्सु लागेको अवस्था छ ।

 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति २०८० पुस २४ गते मङ्गलबार ०९:३५
हजुरको प्रतिक्रिया