काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा नमिल्दा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक छाडेर हिँडेका डा.शेखर कोइराला फेरि फर्किएका छन् । सहमहामन्त्री डीना उपाध्याय र त्यसपछि नेता रमेश लेखकको फोनपछि उनी फर्किएका हुन् ।
सभापति शेरबहादुर देउवाले शेखर-गगन पक्षले मागेको ४ सीटमध्ये ३ सीट दिने प्रस्तावमा असहमति जनाउँदै निस्केका शेखर समूहको छुट्टै बैठक बसिरहेको छ । त्यस्तै, देउवा पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ ।
प्रकाशित मिति २०८० पुस २२ गते आईतबार १०:३५