आज र भोलि उल्का वर्षा हुने, नांगो आँखाले हेर्न हुन्छ ?

आज र भोलि उल्का वर्षा हुने, नांगो आँखाले हेर्न हुन्छ ?

Nepal Edit

@Nepaledit.com

२०८० पुस १९ गते बिहिबार ०९:१२

काठमाडौं । आज र भोलि उल्का वर्षा हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार पुस १९ र २० गते राति अत्यधिक उल्का वर्षा हुन लागेको हो ।   सोसाइटीका अध्यक्ष अध्यक्ष सुरेश भट्टराईका अनुसार यसलाई भूतप उल्का वर्षा नाम दिइएको...

काठमाडौं । आज र भोलि उल्का वर्षा हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार पुस १९ र २० गते राति अत्यधिक उल्का वर्षा हुन लागेको हो ।

 

सोसाइटीका अध्यक्ष अध्यक्ष सुरेश भट्टराईका अनुसार यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने छ ।

 

‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११:३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ’,भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ ।

 

आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।

प्रकाशित मिति २०८० पुस १९ गते बिहिबार ०९:१२
हजुरको प्रतिक्रिया