रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

Nepal Edit

@Nepaledit.com

२०८० पुस १३ गते शुक्रबार ११:१४

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   हिजो बिहीबार एक हजार तीन सय रुपैयाँले बढेर सुनको...

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

हिजो बिहीबार एक हजार तीन सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । अस्ति बुधबार पनि सुन आजकै भाउ तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अस्ति बुधबार तोलाको एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ११:१४
हजुरको प्रतिक्रिया