काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको प्रावधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।
मोरङको बुढीगंगा गाँउपालिका-२ मा आज आयोजित कार्यक्रममा नेता कोइरालाले राजनीतिक दलका नेताको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघीयता संकटमा परेको तर्क गरे । उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको टिप्पणी गरे ।
नेता कोइरालाले उद्योगहरू बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएको बताए । उनले डेडिकेटेड र ट्रंक लाइन विवादबारे छिटो निष्कर्षमा पुगेर विवाद समाधान गर्न आग्रह गरे ।
प्रकाशित मिति २०८० पुस १० गते मङ्गलबार ०९:२८