दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

Nepal Edit

@Nepaledit.com

२०८० पुस ६ गते शुक्रबार ०९:५३

काठमाडौ‌ं। दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।   बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।   साथै बेपत्ता पारिएका...

काठमाडौ‌ं। दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

 

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

 

साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल हुनेछ ।

प्रकाशित मिति २०८० पुस ६ गते शुक्रबार ०९:५३
हजुरको प्रतिक्रिया