काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि १३ सय रुपैयाँले घटेकाे छ । तेजाबी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति २०८० पुस १ गते आईतबार ११:५१