साताव्यापी विवाहपञ्चमी महोत्सव : आज विवाह पञ्चमी मनाइँदै

साताव्यापी विवाहपञ्चमी महोत्सव : आज विवाह पञ्चमी मनाइँदै

Nepal Edit

@Nepaledit.com

२०८० पुस १ गते आईतबार ११:२८

काठमाडौं । जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो ।   आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट...

काठमाडौं । जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो ।

 

आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

 

त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।

 

राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

 

स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।

 

राम र जानकीको डोल निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुइँचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । अझ पनि श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको छ ।

 

सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो पाँचौ दिन राम र जाजकीको मटकर सम्पन्न भएको थियो । त्यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

 

आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

प्रकाशित मिति २०८० पुस १ गते आईतबार ११:२८
हजुरको प्रतिक्रिया