दशैँको टीका लगाउने क्रम आज पनि जारी

दशैँको टीका लगाउने क्रम आज पनि जारी

Nepal Edit

@Nepaledit.com

२०८० कार्तिक १० गते शुक्रबार ०९:१०

काठमाडौं । आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।   घरमा मान्यजनको हातबाट टीका लगाएसँगै...

काठमाडौं । आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

 

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन् । टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ ।

 

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।

प्रकाशित मिति २०८० कार्तिक १० गते शुक्रबार ०९:१०
हजुरको प्रतिक्रिया