हल बुक भइसकेको कांग्रेस महासमिति बैठक जाडो देखाएर तेस्रो पटक सार्ने तयारी

हल बुक भइसकेको कांग्रेस महासमिति बैठक जाडो देखाएर तेस्रो पटक सार्ने तयारी

Nepal Edit

@Nepaledit.com

२०८० मङ्सिर २५ गते सोमबार ०२:१४

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका छ । सभापति शेरबहादुर देउवाले पुसका चिसोमा बैठक नगरौं भनेपछि फागुनमा सार्ने गृहकार्य भएको हो ।   गतसाता बसेको धुम्बाराहीमा...

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका छ । सभापति शेरबहादुर देउवाले पुसका चिसोमा बैठक नगरौं भनेपछि फागुनमा सार्ने गृहकार्य भएको हो ।

 

गतसाता बसेको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा चिसोमा महासमिति सदस्यलाई काठमाडौं आउन गाह्रो हुने भन्दै देउवाले बैठक सार्न प्रस्ताव गरेका थिए । बैठकमा सहभागी अधिकांश नेताले त्यही बेलामा सहमति जनाएपनि महामन्त्री गगन थापाले सार्न नहुने अडान राखेका थिए ।

 

यसअघि कांग्रेसले दुई पटक बैठक सारिसकेको छ । अहिले बैठकको लागि गोदावरीमा हल बुक गरिसकेको अवस्थामा पार्टीभित्र बैठक सार्नेबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

 

 

उनले भने, पार्टी सभापतिसहित पार्टीका साथीबाट पुसको चिसोमा बैठक नगरौं भन्ने सुझाव आएका छन् । तर, त्यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । उनले अब बस्ने बैठकले महासमिति बैठकबारे निर्णय गर्ने बताए ।

प्रकाशित मिति २०८० मङ्सिर २५ गते सोमबार ०२:१४
हजुरको प्रतिक्रिया