काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ ।
एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डाका बारेमा पनि छलफल हुने जनाइएको छ । एनसेलको शेयर खरिद-बिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति २०८० मङ्सिर २५ गते सोमबार ०१:२१