एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

Nepal Edit

@Nepaledit.com

२०८० मङ्सिर २३ गते शनिवार १०:५२

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सांसद सिंहले हिजाे शुक्रबार अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।   उनले आजियाटा कम्पनीविरुद्ध सर्वोच्च...

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सांसद सिंहले हिजाे शुक्रबार अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

 

उनले आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको बताएका छन् । एनसेलको ८० प्रतिशत शेयर रहेको आजियाटाको शेयर खरिद-बिक्री अवैधानिक रहेको भन्दै रिट दायर गरिएको उनले जानकारी दिए।

 

‘आज विभिन्न ६ वटा निकायलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छु’, उनले सामाजिवक सञ्जालमा लेखेका छन् । रिटमाथि यही मंसिर २४ गते पेसी तोकिएको पनि उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति २०८० मङ्सिर २३ गते शनिवार १०:५२
हजुरको प्रतिक्रिया