जाजरकोट र रुकुम पश्चिम जानेका लागि आज नि:शुल्क बस

जाजरकोट र रुकुम पश्चिम जानेका लागि आज नि:शुल्क बस

Nepal Edit

@Nepaledit.com

२०८० कार्तिक १९ गते आईतबार ११:१९

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि नि:शुल्क बससेवा सञ्चालन गरेको छ ।   काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका...

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि नि:शुल्क बससेवा सञ्चालन गरेको छ ।

 

काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहज होस् भन्ने उद्देश्यले सो कम्पनीले नि:शुल्क बससेवा सञ्चालन गरेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

 

जाजरकोट जाने बस काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट शुक्रबार बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले जानकारी दिए ।

 

कम्पनीले जाजरकोट र रुकुम पश्चिम जान चाहने यात्रुले विभन्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। काठमाडौंमा ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०, मुग्लिनमा ९८४५४७२३८४, दमौलीमा ९८५६०८९१८० र ९८५६०३६६६४ तथा पोखरा- ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति २०८० कार्तिक १९ गते आईतबार ११:१९
हजुरको प्रतिक्रिया