कोशी प्रदेशमा एमालेका मन्त्री राम रानाले दिए राजीनामा

कोशी प्रदेशमा एमालेका मन्त्री राम रानाले दिए राजीनामा

Nepal Edit

@Nepaledit.com

२०८० कार्तिक १८ गते शनिवार १०:४६

काठमाडौं । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।   शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको...

काठमाडौं । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

 

शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको मगरले जानकारी दिए । मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।

 

आफूहरूको सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति २०८० कार्तिक १८ गते शनिवार १०:४६
हजुरको प्रतिक्रिया