काठमाडौं । नेकपा एमालेले चियापान कार्यक्रम एक दिन पछाडि सारेको छ ।
बडादशैँ, तिहार र छठपर्वको अवसरमा कात्तिक १४ गतेका लागि तय गरिएको चियापान कार्यक्रम कात्तिक १५ गते दिउँसो सवा १२ बजेदेखि शुरू हुने भएकाे छ । शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएकाे छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई लक्ष्य गरी चियापान कार्यक्रममा १५ गते आयोजना गर्ने निर्णय भएको एमाले पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति २०८० कार्तिक १० गते शुक्रबार १०:५५