‘राजालाई गाली गरेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छ’

‘राजालाई गाली गरेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छ’

Nepal Edit

@Nepaledit.com

२०८० कार्तिक १० गते शुक्रबार ०९:१८

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजालाई गाली गरेर सत्तामा टिकिरहने भ्रम नपाल्न ठूला राजनीतिक दललाई चेतावनी दिएका छन् । अमेरिका जानुपूर्व हिजाे बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय...

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजालाई गाली गरेर सत्तामा टिकिरहने भ्रम नपाल्न ठूला राजनीतिक दललाई चेतावनी दिएका छन् ।

अमेरिका जानुपूर्व हिजाे बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनले पूर्वराजाविरुद्ध गालीगलौज छाड्न नेताहरूलाई आग्रह गरे । उनले राम्रो काम गर्न नसकेपछि गाली गरेर सत्तामा टिकिरहिन्छ भन्ने मानसिकताबाट दलहरू मुक्त हुन नसकेको दाबी गरे ।

अध्यक्ष लिङ्देनले ठूला चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रम ल्याउने दाबी गरे । त्यसका लागि तीव्र रूपमा तयारी चलिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० कार्तिक १० गते शुक्रबार ०९:१८
हजुरको प्रतिक्रिया