काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् ।
मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाएका हुन् । उनले सरकारले चाहेको भए आज नै संसद अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद खुल्न नसकेको बताए ।
उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाउनु भयो । सरकारले तस्करहरुको संरक्षण गरिरहेको बताए । सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाए ।
प्रकाशित मिति २०८० भदौ ५ गते मङ्गलबार ०८:१६