कुकुरको नाम सरकारी हाकिमसँग मिलेपछि…

कुकुरको नाम सरकारी हाकिमसँग मिलेपछि…

Nepal Edit

@Nepaledit.com

२०८० असार १२ गते मङ्गलबार ११:४०

एजेन्सी । मान्छेको नाम त धेरैसंग मिल्न गएको हुन्छ त्यसमा कुनै आश्चर्य भएन तर चीनमा भने कुकुरको नाम पनि सरकारी हाकिमसंग मिल्न गएको छ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका छन् । यस पश्चात...

एजेन्सी । मान्छेको नाम त धेरैसंग मिल्न गएको हुन्छ त्यसमा कुनै आश्चर्य भएन तर चीनमा भने कुकुरको नाम पनि सरकारी हाकिमसंग मिल्न गएको छ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका छन् । यस पश्चात उनलाई पक्राउ पनि गरिएको छ ।

त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् । अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए ।

सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् । उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ । चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ । छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०८० असार १२ गते मङ्गलबार ११:४०
हजुरको प्रतिक्रिया
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
२०८२ मङ्सिर ३० गते सोमबार ११:०५

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५५

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५०