प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेस

प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेस

Nepal Edit

@Nepaledit.com

२०८० जेठ २९ गते सोमबार ०९:२१

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन्। सोमवारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तत...

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन्। सोमवारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तत गरेका हुन् ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रश्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए । तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

अहिले विनियोजित विधेयकको विषयमा छलफल शुरु भएको छ।

प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०९:२१
हजुरको प्रतिक्रिया