उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक सवारीको घट्यो भाडा

उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक सवारीको घट्यो भाडा

Nepal Edit

@Nepaledit.com

२०८० जेठ १२ गते शुक्रबार ०३:४२

काठमाडौं । उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि वाग्मती प्रदेश सरकारले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । वाग्मती प्रदेशको...

काठमाडौं । उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि वाग्मती प्रदेश सरकारले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ भाडादर लागु गरेको छ । काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुबाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम २० रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १९ रूपैयाँ हुनेछ ।

यसअनुसार उपत्यकाभित्र १० किलोमिटरसम्मको २७ रुपैयाँको भाडाको सट्टा २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँको सट्टामा ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँको सट्टा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दुरीमा ४० रुपैयाँको सट्टामा ३८ रुपैयाँ भाडा कायम भएको छ ।

प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०३:४२
हजुरको प्रतिक्रिया