नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो

नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो

Nepal Edit

@Nepaledit.com

२०८० बैशाख २० गते बुधबार ०५:१४

काठमाडौं । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा...

काठमाडौं । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता सेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ र म्युचुअल फन्ड शून्य दशमलव ०३ अङकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बिमा समूह ५९ दशमलव ६९ र होटल तथा पर्यटन समूह ५२ दशमलव ६० अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ९८, विकास बैंक समूह आठ दशमलव ०१, वित्त समूह १२ दशमलव २९, जलविद्युत् समूह २९ दशमलव २३ र लगानी समूह शून्य दशमलव ०९ अङ्कले घटेको छ । लघुवित्त समूह २१ दशमलव ४१, निर्जीवन बिमा समूह १४ दशमलव ५९, व्यापार समूह तीन दशमलव ६६ र अन्य समूह १४ दशमलव ५२ अङ्कले घटेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ०९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआइबिएल ग्रोथ फन्डको शेयर मूल्य पाँच दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू तीन करोड पाँच लाख तीन हजार चार सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको एक लाख १४ हजार पाँच सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति २०८० बैशाख २० गते बुधबार ०५:१४
हजुरको प्रतिक्रिया