काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका थोरै स्थानहरु तथा तराई भू-भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरु तथा तराई भू-भागका एकरदुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति २०७९ चैत २ गते बिहिबार ०८:४४