सुन तोलाको दुई सयले बढ्यो

सुन तोलाको दुई सयले बढ्यो

Nepal Edit

@Nepaledit.com

२०७९ माघ २५ गते बुधबार ११:४०

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई रुपैयाँ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय रुपैयाँ...

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई रुपैयाँ सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार तीन सय १५  रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति २०७९ माघ २५ गते बुधबार ११:४०
हजुरको प्रतिक्रिया