रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले लिए नेपाली नागरिकता

Nepal Edit

@Nepaledit.com

२०७९ माघ १५ गते आईतबार ०३:४९

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका...

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

लामिछानेले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिनुभएको हो । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति २०७९ माघ १५ गते आईतबार ०३:४९
हजुरको प्रतिक्रिया