‘संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ’

‘संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ’

Nepal Edit

@Nepaledit.com

२०७९ माघ १० गते मङ्गलबार ०४:१७

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई...

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उनले भने, ‘सदनको नेतृत्वले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेर संसद्लाई रसपूर्ण बनाउनुपर्छ, त्यसतर्फ सभामुखको ध्यान जानुपर्छ ।’

बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सभामुखले जनताको आवाज मुखरित गर्ने संसद्मा दलहरुलाई विभेद गर्ने गरिएको पाइएको जनाउँदै दलहरुलाई उपयुक्त अवसर उपलब्ध गराउन माग गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सभामुख उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति २०७९ माघ १० गते मङ्गलबार ०४:१७
हजुरको प्रतिक्रिया