रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

Nepal Edit

@Nepaledit.com

२०७९ माघ १० गते मङ्गलबार ०४:१३

काठमाडौं । रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका-१ र सिस्ने गाउँपालिका-१ वडामा अहिले हिमपात...

काठमाडौं । रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका-१ र सिस्ने गाउँपालिका-१ वडामा अहिले हिमपात भइरहेको छ ।

विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो ।

हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

प्रकाशित मिति २०७९ माघ १० गते मङ्गलबार ०४:१३
हजुरको प्रतिक्रिया