एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

Nepal Edit

@Nepaledit.com

२०७९ माघ ४ गते बुधबार ११:२८

काठमाडौं । नेकपा एमालेका नेता देवराज घिमिरे सभामुखको उम्मेदवार बन्ने भएका छन् । सत्ता साझेदार दलबीच यसअघि भएको सहमति अनुसार एमालेले नेता घिमिरेलाई सभामुख बनाउने निर्णय गरेको हो । आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन कार्यक्रम...

काठमाडौं । नेकपा एमालेका नेता देवराज घिमिरे सभामुखको उम्मेदवार बन्ने भएका छन् ।

सत्ता साझेदार दलबीच यसअघि भएको सहमति अनुसार एमालेले नेता घिमिरेलाई सभामुख बनाउने निर्णय गरेको हो । आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन कार्यक्रम छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए ।

झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ११:२८
हजुरको प्रतिक्रिया