मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

Nepal Edit

@Nepaledit.com

२०७९ माघ २ गते सोमबार ०२:२८

दमक । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक-६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिएका छन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार...

दमक । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक-६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिएका छन् ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन् । उनीलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले घटनाका बारेमा जानकारी गराएका थिए।

त्यस्तै, उनले आगलागी पीडित व्यवसायीसँगसमेत संवाद गरेका नगर प्रमुख थापाले जानकारी दिए । मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पुनःस्थापित तथा राहतमा सहयोग पुर्‍याइदिन माग राखेका थिए । त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका थिए ।

पीडित व्यवसायीलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल, सङ्घ संस्थाको सक्रियता पहिलो हुने उनले बताए । ‘प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफूले तुरुन्तै उपलब्ध गराउने छु’, मुख्यमन्त्रीले भने ।

घटनामा ६ वटा पसल पूर्णरुपमा क्षति भएको तथा अन्य तीन वटा पसलका सबै सामान जल्दा करिब दुई करोड रुपैयाँ बढीको धनजनको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०२:२८
हजुरको प्रतिक्रिया