राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्मा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहमा विगत झैँ दृढताका साथ उभिने बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन, सबैको विचारभन्दा माथि देश छ, देशभन्दा माथि नागरिक छन्, त्यसैले देशलाई शिरमा राखेर मुलुकका यावत् समस्यालाई सामूहिकरुपमा समाधान गर्ने दिशातर्फ अग्रसर हुनसक्नुपर्छ ।’
प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०३:२२