काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।
बैठकमा पर्सि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मत, सरकार विस्तार, प्रदेशका मुख्यमन्त्री भागबन्डालगायत विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।
बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी छन् ।
प्रकाशित मिति २०७९ पुस २४ गते आईतबार ०७:१४