कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

Nepal Edit

@Nepaledit.com

२०७९ पुस २२ गते शुक्रबार ०९:०२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता  गरेका...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता  गरेका हुन् ।

देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो । शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए ।

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार ०९:०२
हजुरको प्रतिक्रिया